Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

यस्तो छ कांग्रेसको महाधिवेशन कार्यतालिका

यस्तो छ कांग्रेसको महाधिवेशन कार्यतालिका

  • काठमाडौं । नेपाली कांग्रेसले लामो खिचातानीपछि पुस २६ देखि २८ सम्म १५ औँ महाधिवेशन गर्ने निर्णय लिएको छ । कांग्रेसको निर्णय अनुसार मंसिर २० गतेबाटै महाधिवेशनको कार्यक्रम सुरू हुने छ ।

    onlinepatrika
    Arghakhachi

    लामो समयदेखि चलिरहेको कांग्रेस केन्द्रीय वैठकमा विशेष महाधिवेशनको माग भएको थियो । तर, पुसमा नियमित महाधिवेशन गर्ने निर्णय गर्दै बैठक आज समापन भयो । बैठकपछि प्रवक्ता डा। प्रकाशशरण महतले महाधिवेशन कार्यतालिका सार्वजनिक गरे ।

    AGNI GROUP

    कांग्रेसको महाधिवेशन कार्यतालिका यसप्रकार छः

    –मंसिर २० गतेभित्रै नयाँ क्रियाशील सदस्य केन्द्रबाट वितरण गरिसक्ने

    –जिल्लाको प्रतिनिधसभा, क्षेत्रीय समिति हुँदै वडासम्म नयाँ क्रियाशील सदस्यको फाराम पठाउने अवधि २४ गतेसम्म । पुस ८ गतेभित्र सबै निर्वाचन क्षेत्रमा नयाँ क्रियाशील सदस्यताको कार्य सम्पन्न गर्ने ।

    –क्रियाशील सदस्यताको प्रारम्भिक छानबिन समितिले गरेको निर्णय उपर परेको पुनरावेदन र क्रियाशील सदस्यता केन्द्रीय छानविन समितिमा नयाँ र नवीकरणसम्बन्धी परेका उजुरी उपर अन्तिम निर्णय गरी अन्तिम सूची तयार गरी केन्द्रीय सभापति र कार्यवाहक सभापतिलाई बुझाउने मिति पुस १४ गते ।

    –नयाँ क्रियाशील सदस्यता वितरण गर्दा समावेशीता नवयुवा पुस्ता अन्य पार्टीबाट आएका नवप्रवेशीलाई समेत क्रियाशील सदस्यता दिने व्यवस्था ।

    –विदेशस्थित जनसम्पर्क समितको अधिवेशन पुस १५ ।

    –गाउँ नगर र वडा अधिवेशन पुस १६ गते ।

    –गाउँ नगरपालिका अधिवेशन पुस १७ गते ।

    –प्रदेश सभा क्षेत्रीय अधिवेशन पुस १९ गते ।

    –प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन पुस २१ गते ।

    –एकभन्दा बढी प्रतिनिधिसभा क्षेत्र भएको जिल्ला अधिवेशन पुस २२ गते ।

    –प्रदेश अधिवेशन २३ र २४ गते ।

    महाधिवेशन पुस २६, २७ र २८ गते ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij