Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

कांग्रेस महामन्त्री गगन थापाद्वारा सभापति लड्ने घोषणा

कांग्रेस महामन्त्री गगन थापाद्वारा सभापति लड्ने घोषणा

  • काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आसन्न १५औँ महाधिवेशनमा आफू सभापति पदका उम्मेदवार बन्ने औपचारिक घोषणा गरेका छन् ।

    onlinepatrika
    Arghakhachi

    उनले हिमालय टेलिभिजनको कार्यक्रम ‘यक्ष प्रश्न’मा बोल्दै सभापतिमा प्रतिष्पर्धा गर्ने विषय स्पष्ट पारेका हुन् ।

    AGNI GROUP

    महामन्त्री थापाले पार्टीभित्र नेतृत्व परिवर्तनको आवश्यकता रहेको उल्लेख गर्दै आफूले नयाँ ऊर्जा, दृष्टि र सुधारको एजेन्डा लिएर उम्मेदवारी घोषणा गरेको बताए ।

    “म १५औँ महाधिवेशनको सभापति पदका लागि उम्मेदवार हुँ । कांग्रेसका बहुसंख्यक महाधिवेशन प्रतिनिधिहरूले मलाई यो ऐतिहासिक पार्टीको नेतृत्व गर्ने जिम्मेवारी दिनुहुनेछ भन्ने विश्वास छ,” थापाले कार्यक्रममा भने ।

    महाधिवेशनको मिति घोषणा भइसकेको अवस्थामा सभापति पदमा दाबी गर्नु स्वाभाविक कदम रहेको उनको भनाई छ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन आगामी पुस २६ देखि २९ गतेसम्म काठमाडौंमा हुने तय भएको छ ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij