Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

मधेश प्रदेशमा नयाँ सरकारको दाबी पेश गर्न आव्हान

मधेश प्रदेशमा नयाँ सरकारको दाबी पेश गर्न आव्हान

  • काठमाडौं । मधेश प्रदेशका प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले नयाँ सरकार गठनको आव्हान गरेका छन् ।

    onlinepatrika
    Arghakhachi

    प्रदेश प्रमुख कर्णले संविधानको धारा १६८ उपधारा २ बमोजिम शुक्रबार साँझ ५ बजेसम्मको समय दिएर नयाँ सरकार गठनको दाबि पेश गर्न आव्हान गरेको प्रदेश प्रमुखको कार्यालयक निमित्त सचिव शत्रुघन यादवले जानकारी दिएका छन् ।

    AGNI GROUP

    त्यस्तै प्रदेश प्रमुख कर्णले मुख्यमन्त्री सरोज कुमार यादवले दिएको राजीनामा स्वीकृत गरेका छन् । 

    यसअघि मुख्यमन्त्री यादवले प्रदेश सभाको बैठकमा विश्वासको मत लिनुअघि राजीनमाको घोषणा गरेका थिए । यादवलाई २४ घण्टाभित्र विश्वासको मत दिन सर्वोच्च अदालतले परमादेश जारी गरेपछि आज विश्वासको मत लिनुअघि राजीनामा दिएका हुन् ।

    अब सर्वोच्चको आदेश अनुसार संविधानको धारा १६८ उपधारा २ बमोजिम संयुक्त सरकार गठनको प्रक्रिया अघि बढेको छ ।

    Single Image

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij