Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

मधेशको मुख्यमन्त्रीमा काँग्रेसका कृष्णप्रसाद यादव नियुक्त

मधेशको मुख्यमन्त्रीमा काँग्रेसका कृष्णप्रसाद यादव नियुक्त

  • काठमाडौं । मधेश प्रदेशको मुख्यमन्त्रीमा काँग्रेसको संसदीय दलका नेता कृष्ण प्रसाद यादव नियुक्त भएका छन् । प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले यादवलाई संबिधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्री नियुक्त गरेका हुन्  ।

    onlinepatrika
    Arghakhachi

    यसअघि यादवले ६ राजनीतिक दलका ७७ सांसदको समर्थनमा यादवले मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए । यादवलाई नेपाली कांग्रेसका २२ जना, जसपा नेपालका १८ जना, जनमत पार्टीका १३ जना, माओवादी केन्द्रका ९ जना, लोसपाका ८ जना र एकीकृत समाजवादीका ७ सांसदले समर्थन गरेका छन् ।

    AGNI GROUP

    बुधबार विश्वासको मत लिन नसकेपछि मुख्यमन्त्री सरोजकुमार यादवले पदबाट राजीनामा दिएपछि प्रदेस प्रमुख सुरेन्द्र लाभ कर्णले शुक्रबार ५ बजेसम्मको समय दिएर सरकारमा दाबि पेश गर्न आव्हान गरेका थिए । प्रदेश प्रमुख लाभले संविधानको धारा १ सय ६८ को उपधारा २ बमोजिम दुई वा दुई भन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्नसक्ने प्रदेश सभा सदस्यलाई मुख्यन्त्रीमा दाबी पेश गर्न आह्वान गरेका थिए ।

    Single Image

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij