Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

राष्ट्र बैंकका गभर्नर पौडेलको घरमा आगजनी गर्नेहरूको पहिचान गदैँ प्रहरी

राष्ट्र बैंकका गभर्नर पौडेलको घरमा आगजनी गर्नेहरूको पहिचान गदैँ प्रहरी

  • काठमाडौं । प्रहरीले नेपाल राष्ट्र बैंकका गभर्नर विश्व पौडेलको घरमा आगजनी गर्ने समूहको खोजी थालेको छ । गएको भदौ २४ गते ‘जेनजी’ आन्दोलनका क्रममा ललितपुरको सैँबुस्थित गभर्नर पौडेलको घरमा आगजनी गरिएको थियो ।

    onlinepatrika
    Arghakhachi

    प्रदर्शनकारीले उनको घर आगजनी तथा लुटपाट गरेका थिए । सोही समूहले तत्कालीन अर्थमन्त्री विष्णु पौडेलको घरमा समेत आगजनी गरेको प्रहरीले जनाएको छ ।

    AGNI GROUP

    प्रहरीले गभर्नर पौडेलको घरमा आगजनी गर्नेहरूको भिडियो फुटेज फेला पारेको छ । फुटेजमा देखिएका युवाको पहिचान ललितपुर प्रहरीले गरिरहेको छ ।

    भदौ २३ र २४ गतेको जेनजी प्रदर्शनका क्रममा सरकारी तथा व्यक्तिको निजी घरमा आगजनी गर्नेहरूलाई पछिल्लो समय प्रहरीले धमाधम पक्राउ गर्दै कानुनी दायरामा ल्याइरहेको छ । अनुसन्धानमा संलग्न प्रहरीले गभर्नर पौडेलको घरमा आगजनी गर्ने केही व्यक्तिहरूको पहिचान भएको जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij