Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

नयाँ सदस्यका लागि कांग्रेसले साढे सात लाख फाराम जिल्ला पठायो

नयाँ सदस्यका लागि कांग्रेसले साढे सात लाख फाराम जिल्ला पठायो

  • काठमाडौं । नेपाली कांग्रेसले नयाँ क्रियाशील सदस्यहरूका लागि झण्डै साढे सात लाख फारमहरू जिल्ला पठाएको छ । कांग्रेसले सुरूवातमा २५ प्रतिशत र पछिल्लो समय ७५ प्रतिशत सदस्यता फारम जिल्लाहरूमा पठाएको हो ।

    onlinepatrika
    Arghakhachi

    पार्टी कार्यालय स्रोतका अनुसार १६५ मध्ये १९ वटा निर्वाचन क्षेत्रले थप नयाँ फारम लैजान बाँकी छ । बुधबारसम्ममा यो संख्या १० मा झर्ने कार्यालयले जनाएको छ ।

    AGNI GROUP

    कांग्रेसको ‘क्रियाशील सदस्यता व्यवस्थापन समिति’का सदस्य प्रकश रसाइली ‘स्नेही’ले अपवादबाहेक सम्पूर्ण जिल्लामा केन्द्रीय कार्यालयबाट नयाँ क्रियाशील सदस्यता फारमहरू पठाइसकिएको बताए । ‘कतिपय ठाउँमा थप फारम पनि माग्ने अवस्था रहेको छ,’ उनले भने ।

    कांग्रेसले गत असारमा क्रियाशील सदस्यताको अनुपातमा २५ प्रतिशत नयाँ क्रियाशील बाँड्ने निर्णय गरेको थियो । तर १५ मंसिरमा सम्पन्न केन्द्रीय कार्यसमितिको बैठकले सदस्यता वितरणमा लचकता अपनाउने निर्णय गरेपछि धमाधम नयाँ क्रियाशील सदस्यताको माग भइरहेको छ ।

    सदस्यता व्यवस्थापन समितिले ७७ जिल्ला सभापतिहरूलाई क्रियाशील सदस्यता नवीकरणको ‘डाटा इन्ट्री’का लागि ‘आईडी’ र ‘पासवर्ड’ उपलब्ध गराइसकेको छ ।

    समिति सदस्य रसाइलीले बुधबारसम्म १६५ वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय समितिका सभापतिहरूलाई पनि नयाँ क्रियाशील सदस्यताको ‘डाटा इन्ट्री’का लागि ‘आईडी’ र ‘पासवर्ड’ उपलब्ध उपलब्ध गराइने जानकारी दिए ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij