Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । बुधबार सेयर बजार ७.८६ अंक घटेको छ । नेप्से परिसूचक २६०६ अंकमा कायम भएकाे छ ।
आज ३ अर्ब ७३ करोडको भएकाे छ । ७९ कम्पनीको मूल्य बढ्दा १६९ को घटेकाे छ । त्यस्तै ९ को स्थिर रहेकाे छ ।
तीन कम्पनीको मूल्य १० प्रतिशत बढेकाे छ । १० प्रतिशत बढेका कम्पनीमा स्वस्तिक लघुवित्त, मुक्तिनाथ कृषि कम्पनी र एसवाई प्यानल छन् ।
झापा इनर्जीको मूल्य सबैभन्दा धेरै ९.३० प्रतिशत घटेकाे छ । हिमस्टार ऊर्जा कम्पनीको ५.०५, सुपर मादी हाइड्रोपावरको ४.५९ तथा माबिलुङ इनर्जीको ४.४९ प्रतिशत मूल्य घटेकाे हाे ।
आज धेरै कारोबार भएका पाँच कम्पनीमा श्रीनगर एग्रिटेक, ङादी ग्रुप, युनिभर्सल पावर, सागर डिस्टिलरी र हिमालयन रिइन्स्योरेन्स छन् ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij