Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । जिल्ला प्रहरी कार्यालय सिरहाले स्रोत नखुलेको नगद रकमसहित एक जना व्यक्तिलाई पक्राउ गरेको छ । प्रहरीले दिएको जानकारी अनुसार गत मङ्सिर २३ गते दिउँसो करिब १२: ३० बजे सिरहाको बरियारपट्टी गाउँपालिका वडा नं. २ मा विशेष सूचनाको आधारमा प्रहरी टोली खटिएको थियो ।
इलाका प्रहरी कार्यालय महेशपुरपतार र प्रहरी चौकी कचनारी सिरहाबाट संयुक्त रूपमा खटिएको टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको बीआर ३२ एडब्लु ८३७७ नम्बरको स्कुटीलाई रोकेर चेकजाँच गर्दा स्कुटीको डिकीभित्र लुकाई छिपाई राखेको स्रोत नखुलेको नगद नेपाली रुपैयाँ सात लाख फेला पारेको थियो ।
सो घटनामा संलग्न स्कुटी चालक सिरहा बरियारपट्टी गाउँपालिका वडा नं. ३ बस्ने करिब ४६ वर्षीय दिनेश महतोलाई नगद रकमसहित स्कुटी नियन्त्रणमा लिइएको छ । नियन्त्रणमा लिइएका महतोलाई इलाका प्रहरी कार्यालय महेशपुरपतार सिरहामा ल्याई आवश्यक अनुसन्धानपछि मङ्सिर २४ गते ठाडी भन्सार कार्यालयमा बुझाइएको सूचना अधिकारी रमेश बहादुर पालले जानकारी दिएका छन् ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij