Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । भक्तपुरका विभिन्न ठाउँहरुमा श्रंखलाबद्ध रुपमा चोरी गर्ने समूहा १० सदस्यलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा रामेछाप घर भएका २० वर्षीय आशिष केसी, काभ्रेको धुलिखेलका २२ वर्षीय सरोज भुजेल, उदयपुर घर भएका ३० वर्षीइ दीपक गहतराज, मोरङका ३५ वर्षीय विशाल विश्वकर्मा, सिन्धुपाल्चोककी ३८ वर्षीया सरस्वती पुरी, भोजपुरका ३१ वर्षीय सरोज राई? भक्तपुरका ३१ वर्षीय सुजन दाहाल, भारतका ३७ वर्षीय सुबरत मेटिया, सिन्धुलीका २५ वर्षीय सुमन दर्नाल र ओखलढुंगाका २३ वर्षीय सुवास विश्वकर्मा छन् ।
२१ कात्तिक २०८२ मा मध्यपुरठिमी नगरपालिका–१ मनोहरा फाँटस्थित गंगा बस्नेतको डेराकोठा चोरी भएको आरोपमा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका मध्ये विशाल विश्वकर्माको न्यू क्रिस्टिना ज्वेलर्सबाट ०.८०४ तोला गालेको सुन, दीपक गहतराजको रोजल खोटाङ ज्वेलर्सबाट ०.८०३३ तोला गालेको सुन र सरस्वती पुरीको कोठाबाट २९ लालको सुनको तिलहरी बरामद भएको छ ।
त्यस्तै सरोज राईको कोठाबाट सुनको बाला, चाँदीको पाउजु, कल्ली बरामद भएको छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij