Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

जनमत पार्टीले दियो सरकार छाड्ने चेतावनी

जनमत पार्टीले दियो सरकार छाड्ने चेतावनी

  • काठमाडौँ । मधेस प्रदेशमा मन्त्रीपरिषद् विस्तार भएसँगै सात दलीय गठबन्धनमा विवाद उत्पन्न भएको छ ।

    onlinepatrika
    Arghakhachi

    मन्त्रालयमा कुरा नमिलेको कारण जनमत पार्टीले सरकार छाड्ने चेतावनी दिएको छ । जनमत पार्टीका उपाध्यक्ष वसन्त कुशवाहाले जनमत पार्टीको उद्देश्य बमोजिम सरकारमा सुनिश्चितता नभए मधेस प्रदेश सरकारबाट अलग हुन तयार रहेको बताएका छन् ।

    AGNI GROUP

    उनले आफ्नो फेसबुकमा लेखेका छन्,

    ‘मधेस प्रदेश सरकारमा जनमत पार्टीको उपस्थिति दयनीय अवस्थामा आइपुगेको छ ।’उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालयअन्तर्गत १० औँ हजार रोजगारी सृजना गर्ने कार्यक्रम बजेटमा विनियोजन गरेको उल्लेख गर्दै उनले भागबन्डाको नाममा अरूलाई त्यो मन्त्रालय दिनु भनेको सम्पूर्ण रोजगारी कार्यक्रमलाई अलपत्र पार्नु रहेको दाबी गरेका छन् ।

    यसअघिको सरकारमा वसन्त कुशवाहा आफै उद्योग मन्त्री थिए । उनले उद्योग मन्त्रालयका लागि बजेट विनियोजन गरेका थिए । तर यो वर्तमान सरकारमा सो मन्त्रालय माओवादीको भागमा परेको छ । जनमत पार्टीले सुरुदेखि उद्योग मन्त्रालयमाथि दाबी गर्दै आएका थिए । जनमत पार्टीले अर्थ मन्त्रालय पाइसकेको छ । अझ एउटा मन्त्रालय पाउने छ । त्यसमा उद्योग मन्त्रालयको दाबी गरेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij