Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

दक्षिणकाली गणले जित्यो ललितपुर महानगर गौरव पुरस्कार

दक्षिणकाली गणले जित्यो ललितपुर महानगर गौरव पुरस्कार

  • ललितपुर । ललितपुर महानगरपालिकाको १०७ औँ स्थापना दिवसको अवसरमा सशस्त्र प्रहरी बल, नेपाल नं. २१ दक्षिणकाली गणलाई ‘ललितपुर महानगर गौरव पुरस्कार’ द्वारा सम्मान गरिएको छ । 

    onlinepatrika
    Arghakhachi

    प्रमुख अतिथि प्रधानमन्त्री सुशीला कार्कीले बुधबार पुल्चोकस्थित महानगरपालिकाको प्रांगणमा भएको महानगरपालिकाको १०७ औँ स्थापना दिवसको अवसरमा गणलाई उक्त पुरस्कार प्रदान गरेकी हुन् । 

    AGNI GROUP

    विपद् व्यवस्थापन तथा उद्धार कार्यहरूमा गणले पुर्‍याएको योगदानको कदर स्वरूप महानगरपालिकाले १ लाख रुपैयाँ नगदसहित गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक राजेश लामिछानेलाई सम्मानपत्र प्रदान गरेको हो । 

    कार्यक्रममा गृहमन्त्री ओमप्रकाश अर्याल, ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन, सोही महानगरपालिकाकी उपप्रमुख मञ्जली शाक्य, ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीलगायतको उपस्थिति रहेको थियो ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट