Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । कास्कीको पोखरा महानगरपालिका-३१ बेगनासगाउँ बस्ने ७२ वर्षीया दाल कुमारी परियारको हत्या गरेको अभियोगमा उनकै नाती २१ वर्षीय आशिष परियारलाई प्रहरीले पक्राउ गरेको छ ।
आशिषले कुटपिट गर्दा दाल कुमारीको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ सिआरभि अमरसिंहबाट खटिएको प्रहरीले उनलाई पोखरा महानगरपालिका-९ पृथ्वीचोकबाट पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij