ललितपुर । धापाखेल जेम्स स्कुल नजिक आगलागी, मानवीय क्षति भनी भएन ,ललितपुरको धापाखेलस्थित जेम्स स्कुल नजिक शुक्रबार विद्युत सर्ट भएर आगलागी भएको छ।
सर्ट सर्किटका कारण अचानक आगो लागेपछि केही समय आसपासमा अफरातफरी मच्चिएको थियो। आगलागीको जानकारी पाउना साथ दमकल तत्काल घटनास्थलमा पुगेको थियो। दमकल र स्थानीयको सहयोगमा आगो समयमै नियन्त्रणमा लिइएको जनाइएको छ।
आगलागीबाट कुनै मानवीय क्षति नभएको र ठूलो भौतिक क्षति हुन नपाएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।