Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । भक्तपुर आफूसँगै काम गर्ने साथीको हत्या गरेको आरोपमा १ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनकुटाको साँगुरीगढी गाउँपालिका- ३ घर भएका २७ वर्षीय याखा राई भन्ने सञ्जीव राई छन् ।
भक्तपुर नगरपालिका- ३ वंशगोपाल डेगोमनास्थित निर्माणाधीन घरमा ज्यामी काम गरी बस्ने उदयपुर घर भएका ३५ वर्षीय पूर्ण ठकरीको हत्या गरेको अभियोगमा उनलाई सोमबार बिहान पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
उनीहरू दुवै जना सोही निर्माणाधीन घरमा ज्यामी काम गर्दै आएका थिए ।
सञ्जीवले कुटपिट गर्दा पूर्णको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी परिसर भक्तपुर समेतबाट खटिएको प्रहरीले उनलाई भक्तपुर नगरपालिका- १ सल्लाघारीबाट पक्राउ गरेको हो ।
थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij