Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

देउवा र ओली पुगे राष्ट्रपतिसँग छलफल गर्न शीतल निवास

देउवा र ओली पुगे राष्ट्रपतिसँग छलफल गर्न शीतल निवास

  • काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग छलफल गर्न कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओली शितल निवास पुगेका छन् । प्रधानमन्त्री ओलीको सचिवालयका अनुसार राष्ट्रपतिले छलफलका लागि बोलाएपछि केही समय अगाडि ओली र देउवा शितल निवासमा पुगेका हुन् ।

    onlinepatrika
    Arghakhachi

    राष्ट्रपति पौडेलको रोहबरमा आज उनीहरूबीच शीर्ष नेताहरुबीच छलफल हुन लागेको हो । राष्ट्रपति पौडेलले मंगलबार नेपाली कांग्रेस सभापति देउवा, नेकपा एमालेका अध्यक्ष ओली र नेपाली कम्युनिस्ट पार्टीका संयोजक प्रचण्डलाई बोलाएका थिए । छलफलमा प्रधानमन्त्री सुशीला कार्कीसमेत सहभागी हुने बताइएको छ ।

    AGNI GROUP

    संसद् विघटन भएपछि पहिलो पटक उनीहरुसँग संयुक्तरुपमा छलफल हुन लागेको हो । एमाले र कांग्रेस संसद पुनर्स्थापनाको माग गर्दै सर्वोच्च अदालतमा रिट दिइसकेका छन् । दुई शीर्ष दलले प्रमुख सचेतकमार्फत रिट दायर गरेका हुन् ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij