Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

सुनका गरगहना चोरी आरोपमा ज्वेलर्स सञ्चालक पक्राउ

सुनका गरगहना चोरी आरोपमा ज्वेलर्स सञ्चालक पक्राउ

  • काठमाडौं । सुनका गरगहना चोरी आरोपमा एक ज्वेलर्सका सञ्चालक पक्राउ परेका छन् ।

    onlinepatrika
    Arghakhachi

    पक्राउ पर्नेमा डल्लुमा सीता ज्वेलर्सका सञ्चालक ५४ वर्षीय विकाश लकाई छन् । उनलाई प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

    AGNI GROUP

    २ मंसिरमा बालाजु बाइपासस्थित एक घरबाट गरगहना चोरी भएको भन्दै प्रहरीमा उजुरी भएको थियो । सोही घटनाको अनुसन्धानका क्रममा उनी पक्राउ परेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईले बताए ।

    उनीबाट प्रहरीले सुनको नेक्लेस १४ थान, लकेट ९ थान, मंगलसुत्र ८ थान, नौगेडी ५ थान र पिस लकेट ३ थान बरामद गरेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij