Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौँ । भोलि अर्थात् षुष १५ गते सार्वजनिक बिदा हुने भएको छ । मंगलबार तमु ल्होसार अवसरमा देशभर बिदा हुने भएको हो ।
तमु ल्होसार तमु गुरुङ्ग समुदायको महान चाड हो । यसलाई गुरुङ्ग समुदायको नयाँ वर्ष पनि भनिन्छ । यो चाड खासगरी नेपालमा र विश्वका अन्य देशहरूका गुरुङ्ग समुदायमा पनि मनाइन्छ । यो पर्व बिकम सम्बत पात्रोको पुष महिनाको १५ गते मनाइन्छ।
बिदा भएसँगै सरकारी कार्यालय, विद्यालय, बैंक तथा वित्तीय संस्था र शेयर बजार समेत बन्द रहनेछ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij