Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

नेप्सेमा चार लघुवित्तको सेयर मूल्य समायोजन

नेप्सेमा चार लघुवित्तको सेयर मूल्य समायोजन

  • काठमाडौं । नेप्सेमा आज चार वटा लघुवित्त कम्पनीको बोनस सेयरमा मूल्य समायोजन भएको छ । नेप्सेमा डिप्रोक्स लघुवित्त, सपोर्ट लघुवित्त, छिमेक लघुवित्त,मिथिला लघुवित्तको बोनस सेयरमा मूल्य समायोजन भएको हो ।

    onlinepatrika
    Arghakhachi

    डिप्रोक्स लघुवित्तको ८ प्रतिशत बोनस सेयर मूल्य समायोजन पश्चात ८ सय रुपैयाँ कायम भएको छ। कम्पनीको सोमबारको अन्तिम कारोबार मूल्य ८ सय ८० रुपैयाँको आधारमा मूल्य समायोजन गरिएको हो ।

    AGNI GROUP

    यसै गरी, छिमेक लघुवित्तको १२.५ प्रतिशत बोनस सेयर मूल्य समायोजन पश्चात ९२८ रुपैयाँ ८० पैसा कायम भएको छ । कम्पनीको सोमबारको अन्तिम कारोबार मूल्य १०४४.९० रुपैयाँको आधारमा मूल्य समायोजन गरिएको हो ।

    मिथिला लघुवित्तको १४.२५ प्रतिशत बोनस सेयर समायोजन पश्चात सेयर मूल्य १३२५.९५ रुपैयाँ कायम भएको छ । कम्पनीको सोमबारको अन्तिम कारोबार मूल्य १५१४.९० रुपैयाँलाई आधार मानेर समायोजन गरिएको छ ।

    त्यसैगरि सपोर्ट लघुवित्तको ९.५० प्रतिशत बोनस सेयर समायोजन पश्चात सेयर मूल्य १७२२.३७ रुपैयाँ कायम भएको छ । कम्पनीको सोमबारको अन्तिम कारोबार मूल्य १८८६ रुपैयाँलाई आधार मानेर समायोजन गरिएको हो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij