Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

सल्लाह माग्न आए दिन्छु, मैले कसैलाई नलड्नु भन्न मिल्दैन: देउवा

सल्लाह माग्न आए दिन्छु, मैले कसैलाई नलड्नु भन्न मिल्दैन: देउवा

  • काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आसन्न महाधिवेशनमा के लडौं भन्दै सल्लाह माग्न आउनेलाई आफू सुझाव दिन तयार भएको बताएका छन्। 

    onlinepatrika
    Arghakhachi
    मंगलबार बिहान आफ्नै अस्थायी निवास महाराजगञ्जमा पत्रकारहरूसँग कुरा गर्दै उनले विधानले आफूलाई पुनः सभापति बन्न नदिएको भन्दै आफू सबैका लागि सल्लाहकार भएर बस्न तयार रहेको बताए । तर कसैलाई अधिवेशन लड्ने/नलड्ने निर्देशन दिन आफूले नमिल्ने उनको भनाइ छ ।
     
    देउवाले आफूले अहिलेसम्म टिमको नेता को भनेर प्रष्ट नपारेको समेत दाबी गरे। ‘कार्यवाहक पूर्णबहादुर छन् । उनले लड्छु भन्यो भने नलड भन्न मिल्दैन’, देउवाले भने, ‘मेरा लागि सबै समान छन् ।  अरू पनि लड्छु भन्दै आयो भने मैले नलड भन्न मिल्दैन। कोही लड्छु भन्दै आए सुझाव दिन सक्छु ।’

    उनले पार्टीमा स्वच्छ प्रतिस्पर्धा हुनुपर्ने भन्दै सबै क्षमतावान् भएकाले सोही अनुसार प्रतिस्पर्धा गर्नुपर्ने पनि बताए ।

    AGNI GROUP

    ‘विधानमै ५० प्रतिशत नकटे दोस्रो चरण जान्छ । दोस्रो चरणमा को-को जान्छन् त्यो पनि हेर्नुपर्छ’, देउवाले भने,‘मैले भनेर चाहेर मात्रै पनि हुँदैन, हेरौं न !’

    महाधिवेशनको प्रसंगमा उनले निर्वाचनअघि हुने महाधिवेशनले पार्टीलाई चुनावमा असर पार्ने पनि बताए। 

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij