Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

रवि लामिछानेसँग ६० लाख धरौटी माग्ने जिल्लाको आदेश उच्च अदालत पाटनबाट सदर

रवि लामिछानेसँग ६० लाख धरौटी माग्ने जिल्लाको आदेश उच्च अदालत पाटनबाट सदर

  • काठमाडौं । उच्च अदालत पाटनले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने एवं अरु आरोपितहरूलाई धरौटीमा छाड्ने जिल्ला अदालतको आदेशलाई सदर गरेको छ ।
    न्यायाधीशहरु खडानन्द तिवारी र दिपककुमार खरेलको इजलासले स्वर्णलक्ष्मी सहकारी ठगीको मुद्दामा जिल्ला अदालत काठमाडौंको आदेश सदर गरेको हो । गत २ माघ, २०८१ मा जिल्ला अदालत काठमाडौंले लामिछानेलाई ६० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो ।

    onlinepatrika
    Arghakhachi

    उच्च अदालतको आदेशमा भनिएको छ, ‘जिल्ला अदालतले गरेको धरौटी आदेश मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६८ बमोजिम बेरितको नदेखिँदा परिवर्तन गरिरहनु पर्ने देखिन आएन ।’

    AGNI GROUP

    यससँगै रवि लामिछानेसहित सबै प्रतिवादी धरौटी बुझाएर तारिखमा बस्ने व्यवस्था यथावत् रहने भएको छ । अब यो मुद्दा काठमाडौं जिल्ला अदालतमै थप प्रमाण संकलन, साक्षी बयान र कानुनी प्रक्रियामार्फत अन्तिम फैसलातर्फ जानेछ । अदालतको अन्तिम निर्णय नआएसम्म प्रतिवादी धरौटी र तारिखको शर्तमा रहनेछन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij