Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । साताको पहिलो कारोबार दिन अर्थात् आइतबार नेप्से परिसूचक १०.२९ अंकले घटेको छ । नेप्से ०.३९ प्रतिशतले घटेर २६१०.६३ विन्दुमा बन्द भएको हो । आइतबार नेप्से परिसूचक घटेपनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा बढेको छ ।
अघिल्लो कारोबार दिन चार अर्ब ७१ करोड रूपैयाँको सेयर कारोबार भएकोमा यसदिन उक्त रकम बढेर पाँच अर्ब एक करोड रूपैयाँ पुगेको छ। यसदिन ३२३ वटा धितोपत्रको एक करोड दुई लाख ७४ हजार १२६ कित्ता सेयर किनबेच भएको हो ।
आइतबार ७९ कम्पनीको सेयरमूल्य बढेको छ भने १७१ वटाको घटेको छ । यस्तै, नौ कम्पनी स्थिर छन् । आज विन नेपाल लघुवित्तको मूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ। उक्त कम्पनीको प्रतिकित्ता मूल्य एक हजार ६२९ रूपैयाँ २० पैसामा झरेको छ । यस्तै, श्रीनगर एग्रिटेकको सेयर मूल्य पनि १० प्रतिशतले बढेर प्रतिकित्ता मूल्य ९३९ रूपैयाँ ४० पैसा पुगेको छ ।
यसैगरी, न्यादी हाइड्रोपावरको मूल्य सर्वाधिक ४.३२ प्रतिशतले घटेर प्रति कित्ता मूल्य ३९९ रूपैयाँमा झरेको छ । आइतबार एसवाई प्यानलको सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनीको प्रतिकित्ता एक हजार १२१ रूपैयाँमा ३० करोड ६५ लाख बराबरको सेयर कारोबार भएको हो । यो मूल्य अघिल्लो दिनको तुलनामा ६.१६ प्रतिशत बढेको हो ।
सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो सूचीमा श्रीनगर एग्रिटेक रहेको छ । उक्त कम्पनीको ९३९ रूपैयाँ ४० पैसामा २२ करोड ८८ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ । त्यस्तै, आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये तीन समूहको परिसूचक बढेको छ भने बाँकी सबै समूहको परिसूचक घट्दा समग्र नेप्से घटेको हो । यसमध्ये अन्य समूहको परिसूचक सर्वाधिक १.६९ प्रतिशतले घटेको छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij