Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । बाजुराको बुढीगंगा नगरपालिकाका तत्कालीन नगर प्रमुख दीपक विक्रम शाहसहित १४ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ ।
आइतबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शाहसहित १४ जना जाग्रिति/एम.के/नेपाल जे.भी., धनगढी, कैलाली उपर सार्वजनिक सम्पत्ति हानी नोक्सानी पुर्याई भ्रष्टाचार गरेको सम्बन्धी विशेष अदालत काठमाडौँमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
बुढीगंगा नगरपालिकाको भवन निर्माण ठेक्कामा मिलोमतो गरी भ्रष्टाचार गर्ने उद्देश्यले पूर्वनिर्धारित योग्यताको आधारमा अमुक निर्माण व्यवसायीसँग मिलेर देशमा कतै नभएको योग्यताको आधार लिई, अनावश्यक रुपमा प्रतिस्पर्धा साँगुरो पारी ठेक्का लगाउने काम भएको विषयमा अख्तियारले अनुसन्धान गरेको थियो ।
३ करोड २७ लाख ७८ हजार १७७ रुपैयाँ हिनामिना गरेको देखिएको भन्दै उनीहरूविरूद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको हो । उक्त रकम बराबरको बिगो मागदाबी गर्दै अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij