Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

फरक पाटो

वन्दनालाई प्रधानमन्त्रीको 'सरप्राइज' कल

वन्दनालाई प्रधानमन्त्रीको 'सरप्राइज' कल

  • ललितपुर । शुक्रबार साँझ वन्दना राणाको फोन बज्यो । अपरिचित फोन नउठाउने बन्दनाले त्यो कल लामो समयसम्म बजेपछि उठाएर बोलिन्, ‘को बोल्नुभयो ?’ । उताबाट जवाफ आयो, ‘म केपी शर्मा ओली बोल्दैछु ।’ यति परिचय पाइसकेपछि बन्दनालाई पत्याउन कठिन भयो । फेरि वन्दनाले सोधिन्, ‘भन्नुस्, नढाँटनुस् ।’ प्रधानमन्त्रीले पुनः आफ्नो परिचय दिएपछि वन्दना दंग बनिन् । वन्दनाले शुक्रबार प्रधानमन्त्रीसँग भएको सम्वादबारे अनलाइन पत्रिकासँग भनिन्, ‘एकदमै सरप्राइज भएँ, हार्दिक बधाई छ भनेर खुशी प्रकट गर्नुभयो ।’

    onlinepatrika
    Arghakhachi

    बन्दनाले त्यो कल लामो समयसम्म बजेपछि उठाएर बोलिन्, ‘को बोल्नुभयो ?’ । उताबाट जवाफ आयो, ‘म केपी शर्मा ओली बोल्दैछु ।’

    AGNI GROUP

    स्मरण रहोस्, वन्दना राणा भर्खरै संयुक्त राष्ट्रसंघीय परिषद्‍मा मानव अधिकार उच्च आयोग मातहतमा रहने महिलाविरुद्ध हुने विभेद उन्मूलनको समिति (सिड) को नयाँ कार्यकाल(२०२१–२०२४)का लागि अधिकारकर्मी वन्दना राणा निर्वाचित भएकी हुन् । राष्ट्रसंघबाट पूर्ण मान्यताप्राप्त र विश्वका १८९ राष्ट्रले अनुमोदन गरिसकेको ‘सिड’को यो कार्यसमिति निर्वाचनमा वन्दनाले १ सय ३७ मत पाएकी थिइन् । ११ सदस्यीय कार्यसमितिमा नेपालसहित घाना, अस्ट्रेलिया, चीन, बहमास, लिथुआनिया, लेबनान, फ्रान्स, फिलिपिन्स, मेक्सिको र नेदरल्याण्डसमेत निर्वाचित भएका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट