Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

२८.७३ अंकले बढ्यो सेयर बजार, ६ अर्ब ४७ करोडको कारोबार

२८.७३ अंकले बढ्यो सेयर बजार, ६ अर्ब ४७ करोडको कारोबार

  • काठमाडौं ।  सोमबार नेप्से परिसूचक २८.७३ अंक बढेको छ । सो अंकको वृद्धिसँगै नेप्से २६३९ अंकमा कायम भएको छ । आज बजार खुलेपछि दिनभर हरियो रह्यो । आज २१४ कम्पनीको मूल्य बढ्दा ३७ को घट्यो भने ८ को स्थिर नै रह्यो ।

    onlinepatrika
    Arghakhachi

    कारोबार रकम बढेको छ । अघिल्लो दिन ५ अर्ब १ करोडको कारोबार भएकोमा आज ६ अर्ब ४७ करोडको भयो । मुलुकमा प्रतिनिधिसभा निर्वाचनको वातावरण बन्दै गएपछि बजारको माहोल सकारात्मक देखिएको छ ।

    AGNI GROUP

    आज उत्पादन तथा प्रशोधन समूहमा आकर्षण देखिएको छ । सो समूह सबैभन्दा धेरै ३.०५ प्रतिशत बढ्यो । सबै समूहका सूचक बढेका छन् । बैंकिङ ०.६५, विकास बैंक २.७०, फाइनान्स ०।८३, होटल तथा पर्यटन २.५३, हाइड्रोपावर १.४४, लगानी १.२३, जीवन बीमा ०.४९, माइक्रोफाइनान्स ०.५३, निर्जीवन बीमा ०.४२, अन्य ०.७८ तथा व्यापार ०.२२ प्रतिशत बढे ।

    ६ कम्पनीको मूल्य १० प्रतिशत बढेको छ । १० प्रतिशत बढेका कम्पनीमा सागर डिस्टिलरी, एसवाई प्यानल, श्रीनगर एग्रिटेक, बन्दीपुर केबुलकार, रुरु हाइड्रोपावर र बाराही हाइड्रोपावर छन् । त्यस्तै दरामखोला हाइड्रोपावरको ९.५४, हिमस्टार ऊर्जाको ८.५४, नारायणी डेभलपमेन्ट बैंकको ८.५३ तथा ट्रेड टावरको ८.४८ प्रतिशत मूल्य बढ्यो ।

    सप्तकोशी विकास बैंकको २.४९, रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको २.२३ प्रतिशत मूल्य घट्यो । आज धेरै कारोबार भएका पाँच कम्पनीमा शिवम् सिमेन्ट, बन्दीपुर केबुलकार, एसवाई प्यानल, श्रीनगर एग्रिटेक र सागर डिस्टिलरी छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij