Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

कारागारबाट फरार व्यक्ति मोटरसाइकल चोरीमा संलग्न, २ जना पक्राउ

कारागारबाट फरार व्यक्ति मोटरसाइकल चोरीमा संलग्न, २ जना पक्राउ

  • काठमाडौं । प्रहरीले कारागारबाट फरार प्रतिवादीसहित मोटरसाइकल चोरी गरेको अभियोगमा दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

    onlinepatrika
    Arghakhachi

    पक्राउ पर्नेमा जुम्ला, सिन्जा गाउँपालिका–२ घर भई हाल काठमाडौँ तारकेश्वर नगरपालिका–११ डाँडागाउँ हिलेटोलस्थित डेरा गरी बस्ने २० वर्षीय हरिशङ्कर शर्मा र काठमाडौँ महानगरपालिका–१८ नरदेवीका २० वर्षीय रोहित खड्गी शाही रहेका जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जानकारी दिए ।

    AGNI GROUP

    उनका अनुसार शर्माको डेरामा लुकीछिपी बसिरहेको अवस्थामा केन्द्रीय कारागार कार्यालय जगन्नाथदेवल काठमाडौँबाट भागी फरार भएको चोरी मुद्दाको प्रतिवादी रोहित खड्गी शाहीलाई प्रहरीले फेला पारेको हो ।

    यसैगरी निज शर्माकै कोठामा काठमाडौँ वसुन्धराबाट चोरी भएको लु५८प ३९७५ नम्बरको रातो रङको एफजेड मोटरसाइकल, भक्तपुर ठिमी एरियाबाट चोरी भएको वास्तविक नम्बर प्लेट बागमती प्रदेश ०२–०६२५ ६३७० लाई हटाई बागमती प्रदेश ०२–०६० प ९७८६ नम्बरको नक्कली नम्बर प्लेट जडान गरेको अवस्थाको केटिएम डुक मोटरसाइकल र सामसुङ कम्पनीको मोबाइल एक थानसमेत फेला पारको छ । पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान भइरहेको प्रवक्ता भट्टराईले बताए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij