Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

जङ्गली हात्ती मृत फेला

जङ्गली हात्ती मृत फेला

  • काठमाडौँ । बनियानी (झापा) यहाँको बुद्धशान्ति गाउँपालिका–३ स्थित डाँडागाउँमा एउटा जङ्गली हात्ती मृत फेला परेको छ ।

    onlinepatrika
    Arghakhachi

    डाँडागाँउका लालबहादुर रसाइलीको खेतमा आज बिहान जङ्गली भाले हात्ती मृतावस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिनुभयो ।

    AGNI GROUP

    घटनाको जानकारी पाएपछि इलाका प्रहरी कार्यालय बुधबारेको प्रहरी टोलीले घट्नास्थल सुरक्षित राखेको छभने डिभिजन वन कार्यालय झापाको टोली घटनास्थलमा पुगेर मुचुल्का तयारी गरिरहेको छ । घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

    यो सँगै झापामा चालू आर्थिक वर्षमा मात्रै दुई वटा हात्तीको मृत्यु भइसकेको डिभिजन वन कार्यालय झापाका वन अधिकृत हिमाल पाठकले बताउनुभयो । हात्तीको आक्रमणबाट चालू आवमा हालसम्म चार जनाको मृत्यु भइसकेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij