Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । गोंगबुको एक होटलमा लागुऔषध खैरो हेरोइन बिक्री वितरण भइरहेको भन्ने सूचनाका आधारमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा नुवाकोटको बेलकोटगढी नगरपालिका–११ का २६ वर्षीय महेन्द्र तामाङ र बाग्लुङको ढोरपाटन नगरपालिका घर भएकी २२ वर्षीया निरुता अदेही मगर छन् ।
उनीहरूबाट ७.२१ ग्राम खैरो हेरोइन र लागु औषध तौलनले मेसिन बरामद भएको प्रहरीले बताएको छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij