Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनमा सहभागी हुन आउने प्रतिनिधिहरूका लागि काठमाडौंमा होटेल बुक गरिएको छ ।
आवास तथा खाना व्यवस्थापन समितिका संयोजक रमेश धमलाले काठमाडौं विभिन्न होटलमा गरेर एक हजार पाँचसय कोठा बुक गरिसकिएको छ ।
‘२६ गतेदेखि कोठाहरू प्रयोगमा ल्याउने गरी हामीले बुक गरिसकेका छौं,’ उनले भने, ‘सुनधारा, ठमेल, एयरपोर्ट, सिनामंगललगायत क्षेत्रका होटेल हामीले बुक गरेका छौँ ।’
नेपाली कांग्रेसको विशेष महाधिवेशन पुस २७ गते ११ बजे भृकुटीमण्डपमा सुरु हुने कार्यतालिका छ ।
नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मासहितले यही पुस २७ र २८ गते काठमाडौंमा विशेष महाधिवेशन आह्वान गरेका छन् ।
अहिले विशेष महाधिवेशनका लागि विभिन्न जिल्लाबाट महाधिवेशन प्रतिनिधिहरू काठमाडौं आउने क्रम जारी छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij