Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

एकता दिवसले राष्ट्रिय एकतालाई सुदृढ बनाउँछः पूर्वराष्ट्रपति भण्डारी

एकता दिवसले राष्ट्रिय एकतालाई सुदृढ बनाउँछः पूर्वराष्ट्रपति भण्डारी

  • काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले ३०४औँ पृथ्वीजन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा शुभकामना व्यक्त गरेकी छन्। ले सामाजिक सञ्जालमार्फत पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसले हाम्रो देशभक्तिको भावना अझ सबल बनाई सामाजिक सद्भाव, सहिष्णुता तथा राष्ट्रिय एकतालाई सुदृढ बनाउने बताइन्।

    onlinepatrika
    Arghakhachi

    पूर्वराष्ट्रपति भण्डारीले यस दिवसले राष्ट्रिय स्वाभिमान, स्वतन्त्रता, सार्वभौमिकता र समृद्धिका लागि सबैमा प्रेरणा प्रदान गरोस् भन्ने कामना गरेकी छन्। कलह, झगडा र अस्थिरताले थलिएर विकास गर्न नसकेका ससाना राज्यको एकीकरणबाट आधुनिक नेपाल राष्ट्रको निर्माण हुनु हाम्रो इतिहासको गौरवपूर्ण अध्याय हो, उले भनिन्नागरिकको सल्लाह तथा सुझाव लिएर एकीकरण प्रक्रियालाई जनआधारित राष्ट्रिय अभियान बनाउने पृथ्वीनारायण शाहको दूरदर्शी नेतृत्व एवं हाम्रा वीर पुर्खाको त्याग र बलिदानका कारण नेपालको स्वतन्त्र र सार्वभौम अस्तित्व सुरक्षित रहन सकेको ऐतिहासिक सत्य हामीले आत्मसात गर्नुपर्दछ।

    AGNI GROUP

    पूर्वराष्ट्रपति भण्डारीले ऐतिहासिक एकीकरणले तयार गरेका आधारभूमिमा उभिएर हामी आजको सार्वभौम, स्वतन्त्र, लोकतान्त्रिक गणतन्त्र नेपालसम्म आइपुगेका बताइन् हामीले हाम्रो पवित्र भूमि, इतिहास र संस्कृतिप्रति गौरव गर्दै पूर्वजप्रति कृतज्ञ हुनुपर्दछ । इतिहासका सकारात्मक शिक्षाबाट आजको पुस्ताले मार्गदर्शन लिन सक्नु सभ्य समाजको पहिचान हो, उले भनिन्।

    पृथ्वीनारायण शाहका दिव्य उपदेशहरू राष्ट्रिय, आत्मनिर्भर र स्वावलम्बी अर्थतन्त्र एवं सन्तुलित परराष्ट्र नीतिका सन्दर्भमा आज पनि उत्तिकै सान्दर्भिक रहेका उनको भनाइ छ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij