Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सानेपामा जारी रहेको छ । पार्टी विभाजनको संघारमा पुगेपछि अहिले संस्थापन पक्षका केन्द्रीय कार्यसमिति सदस्यहरु छलफलमा जुटेका हुन् ।
पार्टीका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशनबाट नेतृत्व चयन प्रक्रिया अगाडि बढाएपछि अबको रणनीति के हुने भन्ने विषयमा सानेपामा छलफल सुरु भएको हो ।
दुई दिनदेखि पार्टी विभाजनमा जानबाट रोक्नका लागि नेताहरू निरन्तर छलफलमा थिए । विशेष महाधिवेशन पक्षधरले ८ बुँदे प्रस्ताव पनि अगाडि सारेको थियो । तर संस्थापन पक्षले भने त्यसलाई अस्वीकार गरेको छ ।
गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेर अगाडि बढ्नुपर्ने लगायतका प्रस्तावहरू संस्थापन पक्षले अस्वीकार गरेको हो ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij