Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

ज्ञान, नीति र नागरिक चेतनामा आधारित नेतृत्व

तनहुँ क्षेत्र नं. २ मा रास्वपाबाट अर्जुन तिल्मिसिनाको 'उदय'

तनहुँ क्षेत्र नं. २ मा रास्वपाबाट अर्जुन तिल्मिसिनाको 'उदय'

  • तनहुँ क्षेत्र नं. २ आज सक्षम, गहिरो बुझाइ भएका, गतिशील र दूरदर्शी नेतृत्वको खोजीमा छ। जनताले अब केवल नारामा सीमित राजनीति होइन, राजनीतिक अर्थशास्त्र, अन्तर्राष्ट्रिय सम्बन्ध, विज्ञान र प्रविधिमा दख्खल राख्ने बौद्धिक तथा नीतिगत नेतृत्व चाहिरहेका छन्। यही जनभावनालाई आत्मसात् गर्दै अर्जुन तिमिल्सिनाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट तनहुँ क्षेत्र नं. २ मा उम्मेदवारी घोषणा गर्नुभएको छ। 

    onlinepatrika
    Arghakhachi


    शुक्लागण्डकी–५, शेरा बेलचौताराका निवासी अर्जुन तिमिल्सिनाको जीवनयात्रा स्थानीय माटोसँगको गहिरो सम्बन्ध र अन्तर्राष्ट्रिय अनुभवको सशक्त संयोजन हो। उहाँको प्रारम्भिक सोच, मूल्य र चेतनाको विकास दुलेगौडाबाट प्राप्त प्रारम्भिक विद्यालय शिक्षासँगै सुरु भएको हो। विज्ञान र विश्लेषणात्मक चिन्तनप्रतिको रुचिले उहाँलाई अमृत साइन्स कलेजबाट आई.एस्.सी र त्यसपछि त्रि–चन्द्र कलेजबाट बी.एस्.सी अध्ययनतर्फ अग्रसर गरायो।
    त्रि–चन्द्र कलेजमा अध्ययनरत रहँदा उहाँको राजनीतिक चेतना गणतन्त्र स्थापना प्रक्रियासँग प्रत्यक्ष रूपमा जोडिन पुग्यो। यही कालखण्डले लोकतन्त्रको मूल्य, यसको आत्मा र व्यवहारिक महत्वलाई नजिकबाट बुझ्ने अवसर प्रदान गर्‍यो, जसले उहाँको राजनीतिक सोचलाई वैचारिक रूपमा दृढ बनायो।

    AGNI GROUP

    शुक्लागण्डकी–५, शेरा बेलचौताराका निवासी अर्जुन तिमिल्सिनाको जीवनयात्रा स्थानीय माटोसँगको गहिरो सम्बन्ध र अन्तर्राष्ट्रिय अनुभवको सशक्त संयोजन हो।

    उच्च अध्ययनपछि उहाँले बहुराष्ट्रिय कम्पनीमा कार्य गर्दै व्यावसायिक अनुभव हासिल गर्नुभयो। तर ज्ञानप्रतिको निरन्तर तिर्खा र विश्व अर्थतन्त्र तथा शासन प्रणालीलाई गहिराइमा बुझ्ने चाहनाले उहाँलाई दक्षिण कोरियाको विश्वविद्यालयसम्म पुर्‍यायो, जहाँबाट उहाँले एम।बी।ए। अध्ययन सम्पन्न गर्नुभयो। यस अवधिमा उहाँले अन्तर्राष्ट्रिय सम्बन्ध, अर्थ–राजनीति, विकास नीतिहरू, विज्ञान तथा प्रविधिको राज्य निर्माणमा भूमिका सम्बन्धी गहिरो र व्यवहारिक ज्ञान प्राप्त गर्नुभयो।

    नेपाल फर्किएपछि अर्जुन तिमिल्सिना उद्यमशीलता र सक्रिय राजनीतिमा संलग्न रहँदै आउनुभएको छ। उहाँको राजनीतिक संलग्नता नारामा सीमित छैन । यो नीतिगत बहस, वैकल्पिक सोच र संस्थागत सुधार सँग प्रत्यक्ष जोडिएको छ। समय सधैं गतिशील हुन्छ र परिवर्तन अपरिहार्य सत्य हो भन्ने मान्यताका साथ उहाँले ज्ञान, विज्ञान र चेतनालाई राजनीतिक अभ्याससँग निरन्तर जोड्दै आउनुभएको छ।

    उहाँको राजनीतिक दर्शन स्पष्ट र अटल छ— समावेशी लोकतन्त्र, नागरिक सर्वोच्चता र खुला उदार अर्थतन्त्र। पारदर्शी शासन, जवाफदेही राज्य संरचना, उद्यमशीलता प्रवर्द्धन, रोजगारी सिर्जना, गुणस्तरीय शिक्षा र प्रविधिमैत्री विकास उहाँका प्रमुख नीतिगत प्राथमिकता हुन्। विगत १५ वर्षदेखि अर्जुन तिमिल्सिना कुनै पनि राजनीतिक दलमा औपचारिक रूपमा आबद्ध नभई स्वतन्त्र रूपमा लोकतन्त्र, अग्रगमन र नागरिक अधिकारको पक्षमा निरन्तर योगदान दिँदै आउनुभएको छ। यही अवधिमा वैकल्पिक, मूल्यआधारित राजनीतिक शक्तिको निर्माणमा उहाँ सक्रिय रहनुभएको छ।

    तनहुँ क्षेत्र नं.२ को राजनीतिक मैदानमा अर्जुनको प्रवेशले आगामी दिनमा कस्तो परिणाम ल्याउने हो, त्यो भने अन्ततः जनताको मत र विश्वासले नै तय गर्नेछ।

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गठनको प्रारम्भिक चरणदेखि नै उहाँ यस अभियानसँग वैचारिक रूपमा जोडिनु भएको छ। पार्टीका नीति, सिद्धान्त र लक्ष्यहरूप्रति दृढ विश्वासका साथ औपचारिक सदस्यता प्राप्त गरी उहाँ सक्रिय भूमिकामा रहनुभएको छ। देश परिवर्तनको निर्णायक मोडमा उभिएको वर्तमान समयमा रास्वपा नागरिक विश्वासको केन्द्र र वैकल्पिक शासनको आधार बन्ने क्षमता राख्दछ भन्ने उहाँको विश्वास छ।

    समस्यालाई सतहमा होइन, जडमा पुगेर बुझ्ने क्षमता, निर्णयमा तीव्रता र कार्यान्वयनमा स्पष्टताका कारण स्थानीयस्तरमै उहाँलाई आगामी अब्बल नेतृत्वको शुभकामना दिन थालिएको  । तनहुँ क्षेत्र नं. २ को समग्र विकास— शिक्षा, अर्थतन्त्र, प्रविधि, रोजगारी र सुशासनलाई एकीकृत दृष्टिकोणबाट अघि बढाउने स्पष्ट खाका उहाँसँग रहेको देखिन्छ। ज्ञान, अनुभव र प्रतिबद्धतालाई देश र जनताको सेवामा समर्पित गर्ने अटल संकल्पसहित अर्जुन तिमिल्सिना राजनीतिलाई पदको साधन होइन, परिणाम र  उत्तरदायित्वको माध्यम मान्नुहुन्छ। तनहुँ क्षेत्र नं.२ को राजनीतिक मैदानमा अर्जुनको प्रवेशले आगामी दिनमा कस्तो परिणाम ल्याउने हो, त्यो भने अन्ततः जनताको मत र विश्वासले नै तय गर्नेछ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट