Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

आगलागीबाट घाइते महिलाको उपचारका क्रममा मृत्यु

आगलागीबाट घाइते महिलाको उपचारका क्रममा मृत्यु

  • काठमाडौं । सुर्खेतमा सोमबार भएको आगलागीमा परी घाइते महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा चितवनको टाँडी घर भइ बहिनी भेट्न आएकी तुल्सी भुसाल छन् ।

    onlinepatrika
    Arghakhachi

    ७० वर्षीया उनको उपचारका क्रममा मंगलबार मृत्यु भएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी मोहनजंग बुढथापाले जानकारी दिए।

    AGNI GROUP

    आगलागीपछि घरभित्र थुनिएकी उनलाई सुरक्षाकर्मीले उद्वार गरेका थिए। वीरेन्द्रनगर-३ मंगलगढी चोकनजिकै राष्ट्रिय वाणिज्य बैंकस्थित मानिकेज उर्जा पसल रहेको भूइँ तलामा आगलागी भएको थियो।

    बिजुली सर्ट भएर आगलागी भएको प्रारम्भिक जानकारी भएको प्रहरीले जनाएको छ । आगो नियन्त्रणमा लिन घण्टौं लागेको थियो।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij