Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

गगन थापा सर्लाही–४ बाट उम्मेदवार, अमरेश कुमार सिंहसँग प्रतिष्पर्धा

गगन थापा सर्लाही–४ बाट उम्मेदवार, अमरेश कुमार सिंहसँग प्रतिष्पर्धा

  • काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा प्रतिनिधिसभा निर्वाचनमा सर्लाही–४ बाट उम्मेदवार बन्ने भएका छन् ।

    onlinepatrika
    Arghakhachi

    यसअघि तीनपटक काठमाडौं–४ बाट विजयी हुदै आएका थापाले यस पटक आफ्नो निर्वाचन क्षेत्र परिवर्तन गरेका छन् ।

    AGNI GROUP

    थापालाई काँग्रेसमा काठमाडौं–४ सहित, धनकुटा, रोल्पा र सर्लाही गरी चारवटा निर्वाचन क्षेत्रबाट सिफारिस गरिएको थियो । थापा अन्तत: सर्लाही–४ बाट उम्मेदवार बनेका हुन् ।

    सर्लाही–४ मा थापाको मुख्य प्रतिस्पर्धा अघिल्लो चुनावमा स्वतन्त्र जितेका र यस पटक रास्वपाबाट उम्मेदवार बनेका अमरेश कुमार सिंह, नेकपा एमालेका रविसिंह कुशवाहा र नेपाली कम्युनिस्ट पार्टीका डा. रगनिस राय यादवसँग हुने भएको छ ।

    २०७९ को निर्वाचनमा अमरेश कुमार सिंहले २० हजार १७ मत प्राप्त गर्दै जित हासिल गरेका थिए भने कांग्रेसका नागेन्द्रकुमार रायले १८ हजार २५३ मत प्राप्त गरेका थिए । कांग्रेस सभापति थापाको मधेशमा उम्मेदवारीलाई पार्टीले मधेश केन्द्रित रणनीतिका रूपमा लिएको देखिएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij