Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सुनसरी १ बाट मनोनयन दर्ता गराएका छन् ।
फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि मंगलबार दर्ता गराएका हुन । उनीसँगै सुनसरी निर्वाचन क्षेत्र नम्बर १ मा हालसम्म चार जनाले उम्मेदवारी मनोनयन दर्ता गराएका छन्।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार मनोनयन दर्ता प्रक्रिया बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म सञ्चालन हुनेछ।
हालसम्म उम्मेदवारी दर्ता गराउनेहरूमा नेपाल मजदुर किसान पार्टीबाट महेश श्रेष्ठ, स्वतन्त्र उम्मेदवार देउमान लिम्बू, मंगोल नेशनल अर्गनाइजेसनबाट राजेन्द्र गुरुङ तथा श्रम संस्कृती पार्टीबाट हर्कराज राई (हर्क साम्पाङ)रहेका छन्।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij