Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । नेकपा एमालेको तर्फबाट जुलीकुमारी महतोले धनुषाको निर्वाचन क्षेत्र ३ मा उम्मेदवारी दिएकी छन् ।
आज निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उनले मनोनयन दर्ता गराएकी हुन्। त्यसक्रममा एमालेका नेता-कार्यकर्ता तथा समर्थकहरूको उपस्थिति थियो।
गत निर्वाचनमा उनी एमालेबाटै ३३ हजार ३ सय ८८ मत प्राप्त गरी विजयी भएकी थिइन् । उनका प्रतिद्वन्द्वी अनिलकुमार झाले २३ हजार ६ सय ८६ मत प्राप्त गरेका थिए ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij