Jun 05 2026 | २०८३, जेठ २२ गते
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीबाट चितवन क्षेत्र नम्बर ३ मा रेनु दाहालले उम्मेदवारी दर्ता गराएकी छन् ।
मंगलबार चितवनको रामपुरस्थित कृषि तथा वन विश्वविद्यालयमा रहेको निवार्चन अधिकृतको कार्यालयमा पुगेर दाहालले उम्मेदवारी दर्ता गराएकी हुन् ।
उनले आफूले चितवनमा धेरै विकासका काम गरेकाले जनताले विश्वास गर्ने बताइन् ।
त्यसअघि दाहालले मंगलबार बिहान भरतपुर महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएकी थिइन् । दाहाल यसअघि दुई पटक भरतपुर महानगरपालिकाको मेयर पदमा निर्वाचित समेत भएकी थिइन् ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij