Jun 05 2026 | २०८३, जेठ २२ गते
काठमाडौं । नेपाल वायुसेवा निगमको ‘न्यारो बडी’ ए३२० जहाजको इन्जिन मर्मत सकिएर इजरायलबाट नेपाल ल्याइएको छ ।
निगमकाे दर्ता नम्बर ‘९एन-एकेएक्स’ जहाजले नियमित उडान समेत थालेको निगमले जनाएको छ । विविध कारण लामो समयदेखि इजरायलस्थित इजरायल एरोस्पेस इन्डस्ट्रीमा रहेको जहाज सोमबार काठमाडौं ल्याइएको हो ।
इन्जिन मर्मत तथा भाडा खर्चसम्बन्धी विषयमा निगम र इजरायलस्थित आईएआईबीच विद्यमान सम्झौताका आधारमा वार्ताबाट समझदारी सम्पन्न गरी इन्जिन जडान तथा प्राविधिक प्रक्रिया सम्पन्न गरिएको निगमले जनाएको छ ।
यो जहाज इजरायलको तेलअभिबबाट दुबई हुँदै दुबई–काठमाडौंको नियमित उडान मार्फत काठमाडौं आइपुगेको हो। अब जहाज नियमित उडान तालिकामा फर्केको निगमको भनाइ छ ।

© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij