Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

माधव नेपालको उम्मेदवारी खारेजीको माग गर्दै उजुरी

माधव नेपालको उम्मेदवारी खारेजीको माग गर्दै उजुरी

  • काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका सह–संयोजक माधवकुमार नेपालको उम्मेदवारीविरुद्ध उजुरी परेको छ । रौतहट–१ बाट प्रतिनिधिसभाका उम्मेदवार राम नरेश यादवले निर्वाचन अधिकृतको कार्यालय गौरमा बुधबार नेपालविरुद्ध उजुरी दिएका हुन् ।

    onlinepatrika
    Arghakhachi

    उजुरीमा नेपालविरुद्ध पतञ्जलि योगपीठको जग्गा प्रकरणमा भ्रष्टाचार गरेको आरोपमा नेपालविरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा विचाराधीन रहेको र भ्रष्टाचार मुद्दा दायर भइ निलम्बित अवस्थामा रहेका व्यक्ति प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन २०७४ तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन २०४८ को दफा १७ बमोजिम निर्वाचन लड्न अयोग्य हुने भएको भन्दै उम्मेदवारी खारेज गर्नुपर्ने माग गरिएको छ ।

    AGNI GROUP

    सो मुद्धामा नेपाल हाल विशेष अदालतको धरौटीमा बाहिर रहेका छन् । उनी गत असारमा ३५ लाख धरौटी बुझाएर रिहा भएका थिए । नेपाल गत निर्वाचनमा पनि रौतहट–१ बाट निर्वाचित भएका थिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij