Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

रेशम चौधरीले दिए निर्वाचन अधिकृत कार्यालय पुगेर स्पष्टीकरण

रेशम चौधरीले दिए निर्वाचन अधिकृत कार्यालय पुगेर स्पष्टीकरण

  • काठमाडौं । कैलाली क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारी दिएका नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशम चौधरीले निर्वाचन अधिकृत कार्यालय पुगेर स्पष्टीकरण दिएका छन् ।

    onlinepatrika
    Arghakhachi

    माघ ६ गते उम्मेदवारी दर्ता गरेका रेशमविरूद्ध माघ ७ गते उजुरी परेको थियो । आफूविरूद्ध उजुरी परेपछि उनी आज निर्वाचन अधिकृत कार्यालय पुगेर स्पष्टीकरण दिएका थिए ।

    AGNI GROUP

    रेशमको उम्मेदवारी निरन्तर रहने वा खारेज हुने भन्नेबारे आजै निर्णय आउने निर्वाचन अधिकृत कार्यालय स्रोतले जानकारी दिएको छ ।

    टीकापुर घटनासम्बन्धी मुद्दामा रेशमले सरकारको सिफारिसमा राष्ट्रपतिबाट आममाफी पाएका थिए । तर प्रतिनिधि सभा निर्वाचन ऐनअनुसार जन्मकैद भएका व्यक्ति निर्वाचनमा उम्मेदवार हुन पाउँदैनन् । 

    २०७९ को चुनावमा पनि रेशम बर्दीया क्षेत्र नम्बर २ बाट उम्मेदवार भएका थिए । त्यसबेला उनको उम्मेदवारी खारेज भएको थियो भने उनी त्यसबेला जेलमा थिए ।

    त्यसपछि उनका बुवा लालवीर चौधरी बर्दीया क्षेत्र नम्बर २ मा स्वतन्त्र उम्मेदवार भएका थिए । पछि उनी नागरिक उन्मुक्ति पार्टी प्रवेश गरेका थिए । लालवीर अहिले नाउपा नेपालमा छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij