Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौँ । वैदेशिक रोजगारीका लागि कुक आइल्याण्ड पठाइदिने प्रलोभन देखाएर लाखौँ रुपैयाँ ठगी गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा रामेछापको खाँडादेवी गाउँपालिका–१ घर भई हाल काठमाडौँको कागेश्वरी मनोहरा–९ बस्ने ३१ वर्षीय रोज बहादुर श्रेष्ठ रहेका छन् ।
श्रेष्ठले आइसल्याण्डमा कुक पदमा आकर्षक तलब पाइने प्रलोभन देखाई एक पीडितबाट १२ लाख ४० हजार रुपैयाँ असुल गरेर सम्पर्कविहीन भएको उजुरी परेको थियो । सोही उजुरीका आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको विशेष टोलीले उनलाई बिहीबार कागेश्वरी मनोहरा–७ बाट नियन्त्रणमा लिएको हो ।
प्रहरीका अनुसार पक्राउ परेका श्रेष्ठलाई थप अनुसन्धान र कानुनी कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij