Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

बागलुङ जिल्लाको सदरमुकामस्थित कपास उद्योगमा आगलागी

बागलुङ जिल्लाको सदरमुकामस्थित कपास उद्योगमा आगलागी

  • काठमाडौं । मङ्गलवार साँझ बागलुङ जिल्ला सदरमुकामस्थित कपास उद्योगमा आगलागी भयो । आगलागीबाट कपास उद्योग पूर्णरुपमा क्षति भयो । जिल्ला सदरमुकामस्थित बागलुङ नगरपालिका–४ उपल्लाचौरमै आगलागी हुँदासमेत नियन्त्रणमा आउन सकेन १ कारण थयो दमकल नपुग्नु ।

    onlinepatrika
    Arghakhachi

    कपास उद्योग नजिकै नेपाली सेनाको अर्जुनवाण गण, सदरमुकाममै विपद् प्रहरी, सशस्त्र प्रहरी बल र दमकल हुँदाहुँदै पनि आगो नियन्त्रणमा नआउँदा बजारवासी आक्रोशित भएका छन् । स्थानीवासीका अनुसार बागलुङ नगरपालिकाको दमकल र सेना प्रहरी समयमै खटिएको भए सदरमुकामभित्रै यति ठूलो क्षति हुने थिएन होला ।

    AGNI GROUP

    अस्मिता कपास उद्योगमा आगलागी हुँदा झण्डै १५ लाख बराबरको क्षति पुगेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद रेग्मीले जानकारी दिए । उनका अनुसार उद्योगमा आगलागी हुँदा कपास पेल्ने औजार, ट्रसको छाप्रो, सिरक र डसना पूर्णरुपमा जलेर नष्ट भएको छ । आगो एक घण्टापछि मात्र नियन्त्रणमा आएको थियो ।“शुरुमा प्रहरी कार्यालयमै दमकल हुन्थ्यो, नगरपालिकाको चालक नहुँदा, प्रहरीकै चालकले दमकल गुडाउँथे”, सूचना अधिकारी रेग्मीले भने, “अहिले नगरपालिकाले आफ्नो दमकल भन्दै लग्यो, दमकलको चालक नभएको र बिग्रेकोजस्ता कुरा आए, त्यसैले बढी क्षति हुन पुग्यो ।” दमकललाई चुस्त दुरुस्त नबनाए ठूलो आगलागीको घटनामा समेत समस्या हुने गरेको बताइएको छ ।

    आगलागी हुनासाथ नगरपालिकाको दमकललाई खबर गरे पनि चालक सम्पर्कमा नरहेको भन्दै आउन नसकेको कपास उद्योगका सञ्चालक वीरबहादुर श्रेष्ठले जानकारी दिए । कपास उद्योगमा विद्युत् सर्ट भएर आगलागी भएको थियो ।आगलागीका घटना हुँदा समेत नआउने नगरपालिकाको दमकलको औचित्य नभएको अधिकारकर्मी राम शर्माले बताए । “दमकल वडा कार्यालयमा थन्काउने हैन, दमकल ब्यारेक तथा प्रहरी भित्र राख्नुपर्दछ”, उनले भने, “नत्र दमकल तोडफोड हुने तथा बिग्रने समस्या आउछ, बिग्रेको खबर पहिला जनतालाई नभन्ने, आगलागी भएपछि दमकल बिग्रेको भन्न पाइँदैन ।”

    नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद रिजालले दमकलको पम्प बिग्रेकाले आगलागी नियन्त्रणमा जान नसकेको बताए । उनले भने, “मैले मर्मतका लागि हेटौँडाबाट सामग्री झिकाउन पहल गरिरहेको थिए, तर बिग्रेकै समयमा आगलागी भयो, हामी छिट्टै मर्मत गरेर चलाउने गरी काम गर्दैछौँ ।”बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले चालक सम्र्पकमा नआएको विषयलाई लिएर उनलाई तत्कालै कारवाही गर्ने दृढता व्यक्त गरे । दमकल बिग्रेको भए पनि चालक सम्र्पकमा नआउनु भनेको गैरजिम्मेवारपूर्ण कार्य भएको बताउँदै उनले चालकलाई कडा कारवाही गर्न निर्देशन दिइसकेको जानकारी दिए ।रासस

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट