Jun 05 2026 | २०८३, जेठ २२ गते
काठमाडौं । भारी हिमपातका कारण अवरुद्ध बनेको कर्णाली राजमार्ग अन्तर्गतको जुम्ला-मुगु सडक खण्ड पुनः सञ्चालनमा आएको छ।
गत माघ १० गते राति परेको हिमपातले जुम्लाको भुलभुलेदेखि घुच्चिलेख, सात मोड हुँदै झाडनाउलासम्मको खण्डमा बाक्लो हिउँ जमेपछि यातायात सेवा ठप्प भएको थियो।
सडक डिभिजन कार्यालय जुम्लाको पहलमा माघ ११ र १२ गते लगातार जेसीबी मेसिन प्रयोग गरी हिउँ पन्छाएपछि सडक पूर्ण रूपमा खुलेको हो।
राजमार्ग सुचारु भएसँगै जुम्ला र मुगुबीचको आवतजावत सहज बनेको छ। सडक खुलेसँगै लामो समयदेखि अलपत्र परेका यात्रु तथा सवारी साधनहरू गन्तव्यतर्फ लागेका छन्।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij