Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

लुम्बिनी प्रदेश सभा बैठक बस्दै

लुम्बिनी प्रदेश सभा बैठक बस्दै

  • काठमाडौँ । लुम्बिनी प्रदेश सभाको सातौँ अधिवेशनको दोस्रो बैठक आज बस्दैछ।

    onlinepatrika
    Arghakhachi

    दिउँसो १ बजे बस्ने बैठकको सम्भावित कार्यसूचीअनुसार प्रदेश सभा सदस्यको स्थान रिक्त सम्बन्धी जानकारी सभामुख तुलाराम घर्तीमगरले सभामा जानकारी गराउने छन्।

    AGNI GROUP

    यस्तै, प्रदेश सभा सदस्यले समसामयिक विषयमा विशेष सम्बोधन गर्ने, जीवनाशक विषादी व्यवस्थापन तथा नियमन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पेस गरिनेछ।

    मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश प्रमुखको कार्यालयबाट फिर्ता आएको लुम्बिनी अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानसम्बन्धी विधेयकमाथि सैद्धान्तिक छलफलको प्रस्ताव पेस गर्नेछन्।

    सैद्धान्तिक छलफलमा गरिएका प्रश्नको जवाफ दिने सम्भावित कार्यसूची रहेको प्रदेशसभाका सचिव दुर्लभकुमार पुनमगरले जानकारी दिए।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij