Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

पक्राउ

ठगी गर्ने चार जना पक्राउ

ठगी गर्ने चार जना पक्राउ

  • काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

    onlinepatrika
    Arghakhachi

    पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका–३ बस्ने स्याङ्जा चापाकोट नगरपालिका–९ घर भएका ४४ वर्षीय कृष्ण कुँवर, काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका–६ बस्ने मकवानपुर हेटौंडा उपमहानगरपालिका–६ घर भएकी २६ वर्षीया मनिषा अधिकारी, काठमाडौं महानगरपालिका–२६ बस्ने गुल्मी रेसुङ्गा नगरपालिका–६ घर भएका ४८ वर्षीय भक्त प्रसाद मरासिनी र काठमाडौं नागार्जुन नगरपालिका–९ बस्ने चितवन राप्ती नगरपालिका–३ घर भएका २७ वर्षीय सरल आचार्य रहेका छन् ।

    AGNI GROUP

    पक्राउ मध्ये कृष्णले सर्विया पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख ५० हजार रूपैयाँ, मनिषाले क्यानडा पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख ५० हजार रूपैयाँ, भक्त प्रसादले रोमानिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख २५ हजार रूपैयाँ र सरलले युएई पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख ६२ हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले कृष्णलाई काठमाडौं महानगरपालिका–३ बाट, मनिषालाई काठमाडौं कागेश्वर मनोहरा नगरपालिका–६ बाट र भक्त प्रसादलाई काठमाडौं महानगरपालिका–१२ बाट पक्राउ गरेको हो ।

    उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट