Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

भरतपुर महानगरका तत्कालीन बरिष्ठ इन्जिनियरविरुद्ध मुद्दा दायर

भरतपुर महानगरका तत्कालीन बरिष्ठ इन्जिनियरविरुद्ध मुद्दा दायर

  • काठमाडौँ । चितवनको भरतपुर महानगरका तत्कालीन बरिष्ठ इन्जिनियर भरत कुमार आचार्यविरुद्ध ६ करोड ७८ लाख ९१ हजार १५ बिगो कायम गरी गैरकानुनी रुपमा सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर भएको छ ।

    onlinepatrika
    Arghakhachi

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भरतपुर महानगरका तत्कालीन बरिष्ठ इन्जिनियर आचार्यले सेवामा प्रवेश गरेको समय २०४८ सालदेखि २०८० सम्म कुल १० करोड २९ लाख ९९ हजार २२६ बराबरको सम्पत्ति आर्जन गरेको देखिएकोमा उनको वैध कमाई ३ करोड ५१ लाख ८ हजार २१० मात्र देखिएकाले ६ कार्ड ७८ लाख ९१ हजार १५ रुपैयाँ बराबरको सम्पत्तिको स्रोत नखुलेको भन्दै विशेष अदालत काठमाडौँमा मुद्धा दायर गरेको जानकारी दिएको छ ।

    AGNI GROUP

    अख्तियारले सो बराबरको रकमको बिगो माग गर्दै आचार्य र उनकी श्रीमती लिली सुवेदीविरुद्ध मुद्दा दायर गरेको जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij