Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

भिजिवीलिटी कमहुँदा पर्यटकहरुको यात्रा योजनामा असर

भिजिवीलिटी कमहुँदा पर्यटकहरुको यात्रा योजनामा असर

  • काठमाडौं । राजधानी काठमाडौंमा बुधबार बिहानदेखि देखिएको खराब मौसमले नेपाल आउने–जाने पर्यटकको यात्रा योजनामा असर परेको छ ।

    onlinepatrika
    Arghakhachi

    भिजिवीलिटी कम भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानहरू प्रभावित भएका हुन् । पर्यटकीय सिजनको पूर्वसन्ध्यामा देखिएको मौसम अवरोधका कारण विदेशबाट नेपाल भ्रमणमा आउने पर्यटक बोकेका ठूला विमानहरू आकाशमै होल्डमा राखिएका छन् भने केही विमानहरू अवतरण गर्न नसकी गन्तव्यतर्फ फर्किन बाध्य भएका छन् ।

    AGNI GROUP

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार दोहा, इस्तानबुल लगायतका अन्तर्राष्ट्रिय गन्तव्यबाट आएका विमानहरू अनुकूल मौसमको पर्खाइमा सिमराको आकाशमा होल्डमा राखिएका छन् । यसले काठमाडौंलाई प्रवेशद्वार बनाउँदै पोखरा, चितवन, लुम्बिनी तथा हिमाली गन्तव्यतर्फ जाने पर्यटकको आन्तरिक यात्रा तालिका पनि प्रभावित भएको छ ।

    आन्तरिक उडानतर्फ तुम्लिङटार, भरतपुर, सुर्खेत र राजविराज जस्ता पर्यटन तथा व्यवसायिक सम्भावना बोकेका विमानस्थलहरूमा पनि मौसम प्रतिकूल हुँदा उडान ठप्प भएका छन् । यसले साहसिक पर्यटन, धार्मिक भ्रमण र व्यवसायिक यात्रामा निर्भर यात्रुहरूलाई वैकल्पिक योजना बनाउन बाध्य बनाएको छ ।

    पर्यटन विज्ञहरूका अनुसार काठमाडौं उपत्यकाको मौसमले अन्तर्राष्ट्रिय उडानमा बारम्बार असर पार्नु नेपाल पर्यटनको छविका लागि चुनौतीपूर्ण विषय हो । आधुनिक प्रविधिमा आधारित नेभिगेसन प्रणाली विस्तार भएमा खराब मौसममा पनि सुरक्षित अवतरण सम्भव हुने र पर्यटकको समय तथा अनुभव दुवै जोगिन सक्ने उनीहरूको भनाइ छ ।

    हाल त्रिभुवन विमानस्थलबाट दैनिक करिब १०० अन्तर्राष्ट्रिय र २०० आन्तरिक उडान सञ्चालन हुने गरेका छन् । मौसम सुधार नहुँदासम्म यात्रु तथा पर्यटकलाई उडान तालिका अद्यावधिक जानकारी लिइरहन र वैकल्पिक योजनासहित यात्रा गर्न पर्यटनसम्बद्ध निकायले आग्रह गरेका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij