Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

संसद् पुनर्स्थापनाका लागि नेपाली कांग्रेसका पूर्वसांसदहरु सर्वोच्च नजाने

संसद् पुनर्स्थापनाका लागि नेपाली कांग्रेसका पूर्वसांसदहरु सर्वोच्च नजाने

प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतको समय नमिलेका कारण आज (बिहीबार) सर्वोच्च जाने कांग्रेस नेताहरूको कार्यक्रम स्थगित भएको हो ।

  • काठमाडौं । नेपाली कांग्रेसका पूर्वसांसदहरूको सर्वोच्च अदालत जाने कार्यक्रम स्थगित भएको छ । 

    onlinepatrika
    Arghakhachi

    प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतको समय नमिलेका कारण आज (बिहीबार) सर्वोच्च जाने कांग्रेस नेताहरूको कार्यक्रम स्थगित भएको हो ।

    AGNI GROUP

    ‘विशेष कारण’ले उक्त कार्यक्रम स्थगित भएको कांग्रेसले सूचना जारी गरेर जनाएको छ । सूचनामा भनिएको छ, ‘डेलिगेसन टोली सर्वोच्च अदालतमा जाने कार्यक्रम तय भएकोमा विशेष कारणले गर्दा उक्त कार्यक्रम स्थगित भएको व्यहोरा जानकारी गराइन्छ,।’

    विघटित प्रतिनिधिसभामा कांग्रेसका प्रमुख सचेतक रहेका नेता श्यामकुमार घिमिरेले प्रधानन्यायाधीश राउतको सचिवालयले फोन गरेर आजका लागि तय भएको भेटघाटको कार्यक्रम तत्कालका लागि स्थगित भएको जानकारी दिएको बताए । 

    यसअघि घिमिरे नेतृत्वको टोली बिहान १०ः३० बने सर्वोच्च जाने कार्यक्रम थियो । कांग्रेसका ६५ पूर्वसांसदहरूले संसद् पुनर्स्थापनाका लागि रिट दायर गरेका छन् । तर, सर्वोच्चले रिटको सुनुवाइ सुरु गरेको छैन ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij