Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

छलफल

श्रीगणेश र श्रीभैरवको निवास स्थान बनाउन साझेदारबीच छलफल

श्रीगणेश र श्रीभैरवको निवास स्थान बनाउन साझेदारबीच छलफल

  • काठमाडौँ । बसन्तपुर डवलीको दक्षिणतर्फ यसअघि त्रिभुवन विश्वविद्यालय अन्तर्गतको भवन र नवआदर्श माध्यमिक विद्यालय रहेको स्थानमा जीवित देवताहरु श्रीगणेश र श्रीभैरवको निवास स्थान बनाउने विषयमा साझेदार कार्यालयका अधिकारी बिच छलफल भएको छ ।

    onlinepatrika
    Arghakhachi

    आज काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलको अध्यक्षतामा बसेको बैठकले जग्गा प्राप्ति तथा भोगचलन सम्बन्धी प्रक्रिया अगाडि बढाउन निर्णय गरेको छ ।

    AGNI GROUP

    बैठकमा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ, सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान संगत, वडा नं. २३ का अध्यक्ष एवं विधायन समितिका संयोजक मचाराजा महर्जन, त्रिभुवन विश्वविद्यालयका उपकुलपति दिपक अर्याल, गुठी संस्थानका सदस्य सचिव शैलेश कुँवर, शार्दुलजंग गुल्मका गुल्मपति सुमननरसिंह मल्ल, सम्पदा संरक्षण अभियन्ता गणपतिलाल श्रेष्ठसहित साझेदार सहभागी थिए ।

    बैठकमा त्रिभुवन विश्वविद्यालयका उपकुलपति अर्यालले, जग्गा प्रदान गर्ने विषयलाई निर्णय प्रक्रियामा लगिने बताए । ‘त्रि. वि. कार्यकारी परिषदबाट यो विषयमा निर्णय गर्छौँ ।’ उनको भनाइ थियो ।

    इन्द्रजात्राका समयमा गुडाइने रथ पुननिर्माण गर्ने विषयमा संस्थानले निर्णय गरिसकेको गुठी संस्थानका सदस्य सचिव कुँवरले जानकारी दिए । सम्पदा संरक्षण अभियन्ता श्रेष्ठले, श्रीगणेश र श्रीभैरवको निवास स्थान बनाउने प्रयत्नलाई स्थानीयबासीले सकारात्मक रुपमा लिएको प्रतिक्रिया दिए ।

    यस स्थानमा जीर्ण भवन थियो । भवन भत्किएर जुनसुकै बेला पनि जनधनको क्षति हुन सक्ने भएपछि महानगरपालिकाले जीर्ण भवन भत्काउने निर्णय गरेको थियो । यो भवन वडा नं २३ को सिट नं. १०२–११०४–१२, कित्ता नं. ३४८ मा ४ आना १ पैसा २ दाम (०–४–१–२) क्षेत्रफलमा थियो । २०७२ सालको भूकम्पपछि भवनको बाहिरी र भित्री गाह्रो चर्किएर ढल्किएकोले थप क्षति हुन नदिन टेको लगाएर अड्याइएको थियो । पुरानो भवन दक्षिणतर्फ पहिलो तलामा रहेको झ्याल खसेको, उत्तर र दक्षिणतर्फको जमिन तलामा गाह्रो भत्किएको, पूर्वतर्फको पहिलो र दोस्रो तलाको गाह्रो ठाउँ ठाउँमा चिरा परेको, उत्तरतर्फको झ्याल वरपर ठाउँ ठाउँमा चर्किएको, छानाबाट पानी चुहिने हुँदा काठको मुसिं, ढलि: आदि मक्किएको थियो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij