ललितपुर । गोदावरी वडा नं. ०७ देउराली डाँडामा श्रीमान बिनोद तामाङले श्रीमतीलाई चिरपटले हानी हत्या गरेको छ । घर विवादमा कोपिला नेपालीलाई चिरपटले हानेर हत्या गरेको पाइएको प्रहरीले जनाएको छ । प्रहरीले तामाङलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको जनाएको छ ।