Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

पतञ्जलि योगपीठ तथा आयुर्वेद कम्पनी नेपाल

पूर्वप्रधानमन्त्री नेपालको भ्रष्टाचार मुद्दामा सरकारी साक्षी बुझ्ने आदेश

पूर्वप्रधानमन्त्री नेपालको भ्रष्टाचार मुद्दामा सरकारी साक्षी बुझ्ने आदेश

  • काठमाडौं । पतञ्जलि योगपीठ तथा आयुर्वेद कम्पनी नेपालको जग्गा हिनामिना प्रकरणमा नेकपाका सहसंयोजक माधव कुमार नेपालसहितको भ्रष्टाचार मुद्दामा सरकारी साक्षी झिकाउने आदेश भएको छ ।

    onlinepatrika
    Arghakhachi

    पतञ्जलि योगपीठ भ्रष्टाचार प्रकरणमा आइतबार विशेष अदालतमा पेसी तय भएको थियो । न्यायाधीशद्वय नारायणप्रसाद पौडेल र डिल्लीरत्न श्रेष्ठको इजलासले सरकारी साक्षी झिकाउने आदेश दिएको हो । सरकार पक्षका साक्षी उपस्थित भएपछि भ्रष्टाचार मुद्दामा थप सुनुवाइ अघि बढ्ने भएको छ ।

    AGNI GROUP

    यसअघि विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट र न्यायाधीश हेमन्त रावलको इजलासले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपाललगायतमाथि अनुसन्धान गरेर तामेलीमा राख्ने निर्णयको फाइल झिकाउन आदेश दिएको थियो । अख्तियारबाट निर्णयको फाइल अदालतमा आइसकेको छ ।

    अख्तियारले पतञ्जलि योगपीठ जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्री नेपालसहित ९३ जनालाई प्रतिवादी बनाएर गत जेठ २२ मा भ्रष्टाचार मुद्दा दायर गरेको थियो । नेपालविरुद्ध अख्तियारले १८ करोड ५८ लाख ५० हजार रुपैयाँ बिगो जरिवाना र सजाय मागदाबी गरेको छ ।

    नेपाल नेतृत्वको तत्कालीन मन्त्रिपरिषद्ले ०६६ फागुन ६ गतेको बैठकबाट पतञ्जलिलाई हदबन्दीभन्दा बढी जग्गा कारोबारको स्वीकृति प्रदान गर्ने गरी भएको निर्णयमा अख्तियारले भ्रष्टाचार दाबी गरेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij